×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सप्तकोशी नदीमा पानीको वहाव यस वर्षकै उच्च, अधिकांश क्षेत्रहरु जलमग्न हुँदा २९ वटा ढोका खोलिए (भिडियो रिपोर्ट)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सप्तकोशी नदीमा पानीको वहाव यस वर्षकै उच्च, अधिकांश क्षेत्रहरु जलमग्न हुँदा २९ वटा ढोका खोलिए (भिडियो रिपोर्ट)

१९ असार २०७८, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
सुनसरी । निरन्तरको वर्षाका कारण सुनसरीका अधिकांश क्षेत्र जलमग्न बनेको छ । पानीको निकास अभाव र खोलामा बढेको पानीका कारण टोल, वस्तीहरु डुबानमा देखिएका छन् । इटहरी क्षेत्रमा टेङ्ग्रा र बुढी खोलामा आएको बाढीले किनार र आसपासका वडाहरु डुबानमा परेका छन् । त्यसैगरी धरानमा सेउती र अधेरी खोला आसपासको क्षेत्रमा डुबानको समस्या देखिएको सुनसरी प्रहरीले जनाएको छ । इनरुवा क्षेत्रमा पर्ने कुरुवा खोला भरिएउ भई सडकबाटै बगेको छ । सो क्षेत्रमा आवतजावतमा समेत समस्या देखिएको छ । वर्षा सँगै खोलाहरुमा जलस्तर बढको छ । 
सुनसरी, बुढी, गडन लगायतका खोलामा जलस्तर बढ्दा आसपास किनारका वस्ती जोखिममा परेका छन् । सुनसरी प्रहरीले दिएको जानकारी अनुसार अहिले सम्म डुबान तथा बाढी पसेका २ सय घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । यता सप्तकोशी नदीमा पानीको वहाव यस वर्षकै उच्च मापन भएको छ । कोशी नदीमा अहिले २ लाख क्यूसेक भन्दा बढि पानी बगिरहेको छ । 
सुनसरी प्रशासनले जनाए अनुसार यतिबेला सप्तकोशी नदीमा पानीको वहाव २ लाख २१ हजार ४ सय ७५ क्यूसेक प्रतिसेकेण्ड पुगेको छ । नदीको जलस्तर बढेसँगै कोशी ब्यारेजका २९ वटा ढोका खोलिएका छन् । नदीमा वहाव बढेसँगै ब्यारेज पुलमा रातो बत्ति समेत बालिएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले बहाव बढेपनि खतरा भने नरहेको बताउनु भएको छ । वहाँले तटिय क्षेत्रका वासिन्दालाई सर्तकता अपनाउन भनिएको बताउँदै सम्भावित डुबान र बाढीलाई मध्यनजर गर्दै सुरक्षा निकायलाई सतर्क रहन भनिएको जानकारी दिनुभयो । हेर्नुहोस् भिडियो  :

प्रतिक्रिया दिनुहोस्

सिफारिस: