×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यो साता नेपाल स्टक एक्सचेन्जमा महालक्ष्मी विकास बैंकसहित ६ कम्पनीको सेयर सूचिकृत, कसको कति ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

यो साता नेपाल स्टक एक्सचेन्जमा महालक्ष्मी विकास बैंकसहित ६ कम्पनीको सेयर सूचिकृत, कसको कति ?

Artha Sarokar

२ श्रावण २०७८, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा यो साता महालक्ष्मी विकास बैंकसहित ६ वटा कम्पनीको सेयर सूचिकृत भएको छ । महालक्ष्मी विकास बैंक, डिप्रोक्स लघुवित्त वित्तीय संस्था, नेपाल लाइफ इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स कम्पनी, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र नेपाल राष्ट्र बैंकको सेयर  नेप्सेमा सूचिकृत भएको हो ।
कसको कति ?
महालक्ष्मी विकास बैंक लिमिटेड
बैंकको ८.८० प्रतिशत बोनस बापतको २७ लाख ३ हजार ४ सय १३ दशमलव ९६ कित्ता सेयर सूचिकृत भएको हो ।
डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड
यस संस्थाको १५ प्रतिशत बोनस बापतको १५ लाख ८ हजार एक सय ५० दशमलव ३६१८ कित्ता सेयर सूचिकृत भएको हो ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
यस कम्पनीको ३१ प्रतिशत बोनस बापतको एक करोड ७० लाख ३८ हजार ९८ दशमलव ५१ कित्ता सेयर सूचिकृत भएको छ
प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेड
प्रभुको १० प्रतिशत बोनस बापतको १० लाख ५६ हजार २ सय ७४ दशमलव ८४४ कित्ता सेयर सूचिकृत भएको हो ।
अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड
यस कम्पनीको ५० प्रतिशत हकप्रद बापतको ५२ लाख ४१ हजार एक सय ९७ कित्ता सेयर सूचिकृत भएको छ ।
नेपाल राष्ट्र बैंक 
नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकले निष्काशन गरेको विभिन्न ५ वटा विकास ऋणपत्र नेप्सेमा सूचिकृत भएको हो । जसमध्ये, २०८४ ‘घ’ को १० अर्ब, २०८३ ‘ग’ को १० अर्ब, २०८४ ‘ङ’ को १० अर्ब, २०८५ ‘घ’ को १० अर्ब र २०८५ ‘ङ’ को १० अर्ब रूपैयाँ बराबरको विकास ऋणपत्र सूचिकृत भएको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी