×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले भीड व्यवस्थापन नगर्दा यसरी फैलिँदैछ कोरोना, उच्च जोखिममा वृद्धवृद्धा !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले भीड व्यवस्थापन नगर्दा यसरी फैलिँदैछ कोरोना, उच्च जोखिममा वृद्धवृद्धा !

५ श्रावण २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

गुल्मी । पछिल्लो समय निषेधाज्ञा खुकुलो भएपनि कोरोना संक्रमणको त्रास भने कायमै छ । त्रासकैबीच खुलेका देशभरका सरकारी तथा निजि कार्यालयमा सेवाग्राहीको निकै भिडभाड देखिन्छ । यद्यपि दोस्रो लहरको संक्रमण फ़ैलिएपछि गरिएको निषेधाज्ञा खुकुलो भएपनि शैक्षिक क्षेत्रलाई भने संचालनको अनुमति दीइएको छैन ।
यस्तै संक्रमणकैबीच बैंक तथा वित्तीय संस्थाका सम्पूर्ण शाखा कार्यालयहरुले पनि सेवा दिइरहेका छन् । तर बैंकहरुले संक्रमण कायमै रहेका बेला सेवाग्राहीको व्यवस्थापन भने गर्न सकेका छैनन् । जसकारण संक्रमण फैलिईरहेको छ । यस्तै भएको छ गुल्मीको सदरमुकाम तम्घासस्थित शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकमा पनि । बैंकमा सामाजिक दुरीसमेतलाई ख्याल नगरी सेवाग्राहीहरुको भिड लागेको छ ।
बैंकमा युवा सेवागाहीभन्दा पनि सामाजिक सुरक्षा भत्ता लिन आएका सेवागाहीको संख्या बढी छ । उनीहरु इस्मा गाउँपालिकाको हस्तिचौरबाट भत्ता बुझ्न बैंक पुगेका हुन् । यसरी भिड लाग्दा एकातर्फ गाउँगाउँबाट भत्ता लिन आउँदा नागरिक अर्थात् वृद्धवृद्धालाई सास्ती भएको छ भने अर्कोतर्फ कोरोना फैलिने जोखिम उच्च रहेको छ
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: