
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सिद्धार्थ क्यापिटलको सिद्धार्थ म्युचुअल फन्ड अन्तर्गतको ‘सिद्धार्थ व्यवस्थित लगानी योजना’मा आवेदन दिने आज आइतबार अन्तिम रहेको छ । आज कार्यालय समयसम्म सो इकाई भर्न पाइनेछ । क्यापिटलले १६ गतेदेखि सिद्धार्थ व्यवस्थित लगानी योजनाको २ करोड इकाई बिक्री खुला गरेको हो । यो खुलामुखी योजनामा लगानीकर्ताले यसमा प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिन सक्नेछन् ।
कम्पनीले २ करोड इकाई सार्वजनिक रुपमा बिक्री गरी बाँडफाँड भइसकेपछि खुद सम्पति मूल्यका आधारमा तोकिएको प्रतिइकाई मूल्यमा योजना व्यवस्थापक वा योजना व्यवस्थापकले तोकिएको इकाई बिक्रेतामार्फत दैनिक खुद सम्पति मूल्य गणना गरी सो मूल्यलाई इकाई पुनर्खरिद तथा बिक्री मूल्यका रुपमा लिई कारोबार गरिने जनाएको छ ।
योजनाको सुरुको आकारको ५% इकाई योजना व्यवस्थापक सिद्धार्थ क्यापिटल र १०% इकाई कोष प्रवद्र्धक सिद्धार्थ बैंकले बिज पूँजीको रुपमा लगानी गर्नेछन् । लगानीकर्ताले आस्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरबाट आवेदन दिन सक्नेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्