×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Civil Bank
SANIMA BANK AD

सिंगापुरले चिनियाँ भ्याक्सीनलाई मान्यता नदिने, राष्ट्रिय खोप गणनामा पनि समावेश नगरिने

CITY EXPRESS AD
NABIL BANK
BIZBAZAR
सिंगापुर । सिंगापुरले चिनियाँ भ्याक्सीनलाई मान्यता नदिने भएको छ । सिंगापुरको राष्ट्रिय खोप गणनामा चिनियाँ खोप लगाएका व्यक्तिहरूको संख्या समावेश पनि गरिने छैन । त्यहाँको स्वास्थ्य मन्त्रालयले चिनियाँ भ्याक्सीन सिनोवाक-कोरोनाभ्याक्स खोपलाई मान्यता नदिइएकोले सो खोप लिने व्यक्तिहरूको संख्या राष्ट्रिय खोप गणनामा समावेश नगरिने जनाएको छ ।
मन्त्रालयका एक कर्मचारीले भने, ‘मोर्डेना र फाइजरका खोप लिएका ब्यक्तिहरुको मात्र खोप लिएको संख्यामा गणना हुन्छ।’ मन्त्रालयको वेवसाइटका अनुसार हालसम्म लगभग २२ लाखले मोर्डेना वा फाइजरका दुबै डोज खोप लगाएका छन् भने ३६ लाखले मोर्डेना वा फाइजरको पहिलो डोज लिएका छन् । लगभग १७ हजार मानिसहरुले भने सिनोवाक खोप लिएका छन् । सिंगापुरमा जुन १८ मा केही निजी स्वास्थ केन्द्रहरुले सिनोवाक खोप दिएको थियो ।
यद्यपि नियामक निकायले त्यस खोपलाई अझै अनुमोदन गरेको छैन । फाइजर र मोर्डेनाको खोप गम्भीर बिरामीलाई निको पार्न र मृत्युलाई रोक्न अधिक प्रभावकारी रहेको र भाइरस फैलनबाट रोक्न समेत प्रभावकारी भूमिका खेल्ने सिंगापुर प्रशासनको अनुसन्धानले देखाएको छ । चिनिया खोपले भने गम्भीर बिरामीको नियन्त्रण र मृत्युलाई रोक्न प्रभावकारी नरहेको तथ भाइरस फैलनबाट पनि रोक्न नसक्ने सो अनुसन्धानले देखाएको थियो ।
Hamro Parto AD
MEGA BANK AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

GOLDEN OAK AD
अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal