Skip to content
LAXMI SUNRISE BANK

अर्थ सरोकार सुदूरपश्चिम ब्युरो प्रमुखमा सुदर्शन श्रेष्ठ नियुक्त

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौँ । अर्थ सरोकार सुदूरपश्चिम ब्युरो प्रमुखमा सुदर्शन श्रेष्ठ नियुक्त भएका छन् । साउन १ गते देखि नै लागु हुनेगरी उनलाई ब्युरो प्रमुखको जिम्मेवारी दिइएको हो । पत्रकारितामा झन्डै ५ बर्षदेखि निरन्तर क्रियाशील श्रेष्ठ अर्थ सरोकार डटकममा आवद्ध भएको झन्डै डेढ बर्षपछी उनलाई ब्युरो ब्युरो प्रमुखमा बढुवा गरिएको हो । यसअघि उनी ब्युरोमा समाचार संयोजकका रुपमा कार्य गर्दै आएका थिए।

अर्थ सरोकार डटकमको ५ औं बार्षिकोत्सबको अवसरमा अर्थ सरोकार डटकम संचालक कम्पनी शुभम् मिडिया प्रालिका प्रबन्ध निर्देशक सुरज प्याकुरेलले उनलाई ब्युरो प्रमुखमा नियुक्ति दिइएको घोषणा गरेका हुन्। श्रेष्ठको नेतृत्वमा अर्थ सरोकार सुदूरपश्चिम ब्युरोले नयाँ उचाईं लिने विश्वास लिएको बताउँदै प्याकुरेलले श्रेष्ठले अर्थ सरोकार डटकममा पुर्याएको योगदानको संस्थाले उच्च मुल्यांकन गरेकोसमेत बताएका थिए ।

सो अवसरमा संस्थामा कार्यरत कर्मचारीहरु तथा संस्थामा विभिन्न माध्यमबाट सहयोग गर्ने व्यक्तिहरुलाई सम्मानसमेत गरिएको थियो।  बिक्रम सम्बत २०७३ साल साउन १ गतेबाट संचालनमा आएको अर्थ सरोकार डटकम, सुदूरपश्चिममा ब्युरो कार्यालय स्थापना गरी काम गर्दै आएको नेपालको पहिलो आर्थिक अनलाइन सञ्चारमाध्यम हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK