×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सन नेपाल लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा साउन २५ गते, ६० लाख कित्ता आइपीओ निष्कासन मुख्य एजेन्डा पेस हुने

LAXMI SUNRISE BANK
GLOBAL

सन नेपाल लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा साउन २५ गते, ६० लाख कित्ता आइपीओ निष्कासन मुख्य एजेन्डा पेस हुने

४ श्रावण २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा साउन २५ गते हुने भएको छ । सभा कम्पनीको कर्पोरेट कार्यालय कमलादीमा दिउसो ३ बजे भर्चुअल माध्यमबाट हुने भएको हो । कम्पनीले आइपीओ निष्कासन गर्ने मुख्य एजेन्डासहित सभा बोलाएको हो ।
सभामा आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदनमा पनि छलफल हुनेछ भने लेखा परीक्षकको नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि सभामा रहेको छ । यस्तै एनएफआरएस प्रणाली अनुसार तयार गरिएको वित्तीय विवरणमा छलफल गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ ।
कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ निष्कासन गर्ने तयारी गरको छ । कम्पनीले आइपीओ निष्कासनका लागि रेटिङ गराए पनि हालसम्म धितोपत्र बोर्डमा भने आवेदन दिएको छैन । यद्यपी बोर्डबाट पाएपछि आइपीओ निष्कासन प्रकृया अघि बढ्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी