- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको पहिलो दिन आईतबार सुनको मूल्य बढेको छ । शुक्रबार प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज २ सयले बढेर प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुनको मूल्य पनि २ सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ७८ हजार ४ सय ४५ रुपैयाँ तोकेको छ र प्रति १० ग्राम तेजावी सुनको मूल्य ७८ हजार १५ रुपैयाँ कायम गरेको छ । यस्तै प्रति १० ग्राम चाँदीको मूल्य भने १ हजार १ सय ३६ रुपैयाँ कायम गरिएको छ ।