×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : पोखरामा भेरोसेल खोप लगाउनेहरुको भीड ह्वात्तै बढ्यो, भालुखरे खोलामा आएको भल पार गर्दै गाडी

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

देश बोल्ने फोटो कथा : पोखरामा भेरोसेल खोप लगाउनेहरुको भीड ह्वात्तै बढ्यो, भालुखरे खोलामा आएको भल पार गर्दै गाडी

३१ असार २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले पोखरा महानगरपालिका–६  तालबाराही विद्यालय परिसरमा चाइनिज भेरोसेल खोप लगाउनहरुको भीडदेखि अविरल वर्षाको कारण पोखरा महानगरपालिका– २१ स्थित भालुखरे खोलामा आएको भल पार गर्दै गाडीसम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
पोखरा महानगरपालिका–६  तालबाराही विद्यालय परिसरमा चाइनिज भेरोसेल खोप लगाउन भीड ।
अविरल वर्षाको कारण पोखरा महानगरपालिका– २१ स्थित भालुखरे खोलामा आएको भल पार गर्दै गाडी । अविरल वर्षाले सो क्षेत्रमा लगाइएको धानबाली नष्ट भएको छ ।
तनहुँको भिमाद नगरपालिका–७ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा बिहीबार कोभिड–१९ विरुद्धको खोप लगाइँदै । ५५ वर्ष उमेरमाथिका समूह, विद्यालयका शिक्षक, सवारी चालक र सहचालकलाई जिल्लाभर खोप लगाइँदैछ ।
काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–८ स्थित पिपलटारका युवा व्यवसायी दीपेशचन्द्र लामाको कृषि फार्ममा गरेको टनेलभित्रको तरकारी खेती । उहाँले एलिस्का कृषि फार्म सञ्चालन गरी तरकारी खेतीलगायत बाख्रा, गाई, भैँसीपालन गर्दै आउनुभएको छ ।
तनहुँको भिमाद नगरपालिकाका विभिन्न वडाका अपाङ्गता भएका व्यक्तिका परिवारलाई आयआर्जनका लागि बाख्रा वितरण गरिँदै । ‘ग’ र ‘घ’ वर्गको कार्ड प्राप्त गर्ने ३७ जनालाई नगरपालिकाले बाख्रा वितरण गरेको हो ।
तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित नवनिर्मित वडा कार्यालय भवनको बिहीबार उद्घाटनपश्चात् मन्तव्य व्यक्त गर्दै पूर्वमन्त्री शङ्कर भण्डारी ।
मेलम्ची बजारमा यही असार १ गते लेदोसहित आएको बाढी यहाँका धेरै घरहरुमा भित्र पसेको छ । अझै पनि सडक, घर, विद्यालयलगायतका सार्वजनिक भवन र स्थानमा लेदो हटिसकेको छैन । बजार क्षेत्रका कतिपयको घर पूरै खोलाले बगाएको छ भने अरु धेरै घरमा बाढी पसेर बस्न नमिल्ने भएको छ ।
मध्यपहाडी लोकमार्ग अन्तरर्गत जाजरकोटको कुदु – कार्कीगाउँ सम्म पिचको काम गर्नका लागि जगतीपुरमा काम हुँदै ।
तनहुँको भिमाद नगरपालिका–७ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा बिहीबार कोभिड–१९ विरुद्धको खोप लगाउन पालो कुर्दै । ५५ वर्ष उमेरमाथिको समूह, विद्यालयका शिक्षक, सवारी चालक र सहचालकलाई जिल्लाभर खोप लगाइँदैछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: