×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सोमबार घट्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार सुनको मूल्य घटेको छ । आइतबार प्रतितोला ९२ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज भने २ सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुनको मूल्य पनि २ सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ७९ हजार ४५ रुपैयाँ तोकेको छ र प्रति १० ग्राम तेजावी सुनको मूल्य ७८ हजार ६ सय १५ रुपैयाँ कायम गरेको छ । यस्तै प्रति १० ग्राम चाँदीको मूल्य भने १ हजार १ सय २३ रुपैयाँ कायम गरिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: