×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार बढ्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३० असार २०७८, बुधबार

PRIME CA
laxmi sunrise bank

बुधबार बढ्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको चौंथो दिन बुधबार पनि सुनको मूल्य बढेको छ । मंगलबार प्रतितोला ९२ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ३ सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुनको मूल्य पनि ३ सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य भने ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ७९ हजार ४ सय ७५ रुपैयाँ तोकेको छ र प्रति १० ग्राम तेजावी सुनको मूल्य ७९ हजार ४५ रुपैयाँ कायम गरेको छ । यस्तै प्रति १० ग्राम चाँदीको मूल्य भने १ हजार १ सय २७ रुपैयाँ ५० पैसा कायम गरिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: