×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

हेर्नुहोस् आईतबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको पहिलो दिन आईतबार सुनको मूल्य स्थिर रहेको छ । शुक्रबार प्रतितोला ९२ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज पनि स्थिर रहेर सोही मूल्यमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुनको मूल्य पनि स्थिर रहेर प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य भने १० रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ७९ हजार २ सय २० रुपैयाँ तोकेको छ र प्रति १० ग्राम तेजावी सुनको मूल्य ७८ हजार ७ सय ९० रुपैयाँ कायम गरेको छ । यस्तै प्रति १० ग्राम चाँदीको मूल्य भने १ हजार १ सय २७ रुपैयाँ ५० पैसा कायम गरिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: