NABIL AD
Civil Bank

२४ गतेदेखि युनियन लाइफ इन्योरेन्सको ६४ लाख ५० हजार कित्ता आइपीओ बिक्रीमा आउने, १० कित्तादेखि भर्न पाइने !

GARIMA BANK AD
  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । असार २४ गतेदेखि युनियन लाइफ इन्योरेन्सले ६४ लाख ५० हजार कित्ता आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा ६४ करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ बिक्री गर्ने भएको हो ।
जसमा ३ लाख २२ हजार ५ सय कित्ता कर्मचारी र ३ लाख २२ हजार ५ सय कित्तामा म्युचुअल फन्डले आवेदन दिन पाउनेछन् भने बाँकी ५८ लाख ५ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
कम्पनीको यस आइपीओमा लगानीकर्ताले असार २८ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम ३२ हजार २५० कित्ता भर्न सक्नेछन् । सो समयमा बिक्री नभएमा साउन ७ गतेसम्म आवेदन दिन सकिनेछ । आईपीओमा सी–आस्वाको माध्यमबाट आवेदन दिन सकिनेछ । यो आइपीओमा प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
Hamro Parto AD
MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

BLUE DIAMOND AD
अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal