×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

युनाइटेड इन्स्योरेन्स कम्पनीको २७औं वार्षिक साधारणसभा साउन ३१ गते हुने, यस्ता छन् पारित हुने मुख्य एजेण्डा

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

युनाइटेड इन्स्योरेन्स कम्पनीको २७औं वार्षिक साधारणसभा साउन ३१ गते हुने, यस्ता छन् पारित हुने मुख्य एजेण्डा

१० श्रावण २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । युनाइटेड इन्स्योरेन्स लिमिटेडको वार्षिक साधारणसभा हुने भएको छ । कम्पनीको २७औं वार्षिक साधारणसभा साउन ३१ गते आइतबार हुने भएको हो । कम्पनीले उक्त साधारणसभा अनलाइन भर्चुअल माध्यमबाट गर्ने भएको छ । उक्त सभा बिहान ११ बजेदेखि सुरु हुने भएको छ । सभाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन पारित गर्ने भएको छ ।

यसका साथै लेखापरीक्षण प्रतिवेदनसहित वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण सहित अनुसूचीहरु पारित गर्ने भएको छ भने आर्थिक वर्ष २०७७/७८ का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्नेछ । साथै साधारणसभा प्रयोजनार्थको लागि इन्स्योरेन्सले साउन २० गतेदेखि बुकक्लोज गर्ने भएको छ । यस अनुसार साउन १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारणसभामा सहभागिता हुन पाउनेछन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: