×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सामाजिक कल्याण संघ जनउद्धार केन्द्र मलेसियाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई दियो बाईप्याप भेन्टिलेटर (भिडियो)

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । सामाजिक कल्याण संघ जनउद्धार केन्द्र मलेसियाले कोभिड–१९ का बिरामीहरुका लागि आवश्यक पर्ने बाईप्याप भेन्टिलेटर हस्तान्तरण गरेको छ । वेस्टर्न डिजिटलमा कार्यरत नेपाली र लभ पेनाङ नेटवर्कको सहकार्यमा सामाजिक कल्याण संघ जनउद्धार केन्द्र मलेसियाले कोभिड – १९ को विरामीको उपचारका लागि आवश्यक पर्ने ६५ थान बाईप्याप भेन्टिलेटर बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेको हो । 
जनउद्धार केन्द्रको सद्भावना दूतको रुपमा रहेका हास्यकलाकार मनोज गजुरेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेललाई बाईप्याप भेन्टीलेटर हस्तान्तरण गर्नुभयो । उहाँले विदेशबाट संकलन गरि पठाइने कतिपय सामग्रीहरु पीडित र लक्षित वर्गसम्म पुग्ने नगरेको र कहाँ कसरी प्रयोग भइरहेको छ भन्नेपनि थाह नपाइने गरेको बताउनुभयो । यो स्वास्थ्य सामग्री राज्यलाई अभिभावक ठानेर राज्यमार्फत् नै आवश्यक ठाउँमा पुगेर सदुपयोग हुने विश्वासका साथ मन्त्रालयलाई दिइएको बताउनुभयो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले उपलब्ध बाईप्याप भेन्टीलेटर जिल्ला अस्पतालहरुमा पनि प्रयोग गर्न सकिने बताउनुभयो । आवश्यक ठाउँहरुमा तुरुन्त पठाइने उहाँले बताउनुभयो । बाईप्यापमा अक्सिजन खपत पनि कम हुने उल्लेख गर्दै उहाँले यसको आवश्यकता रहेको बताउनुभयो । कोभिड महामारी बाहेक अन्य अवस्थामा पनि यसले काम गर्ने उहाँको भनाई छ । हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस्

सिफारिस: