×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कम्पनीको झुटो विवरणका कारण ठगीमा पर्नुभयो ? वा ब्रोकरले दु:ख दियो ? अव हामी लडिदिन्छौं नि:शुल्क कानुनी लडाई…

PRIME CA
GLOBAL IME BANK

कम्पनीको झुटो विवरणका कारण ठगीमा पर्नुभयो ? वा ब्रोकरले दु:ख दियो ? अव हामी लडिदिन्छौं नि:शुल्क कानुनी लडाई…

८ भाद्र २०७८, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ ।   पछिल्लो समय समयमा नै पैसा नहालिदिने ब्रोकर, झुटो विवरण प्रकाशन गरेर लगानीकर्ता ठग्ने कम्पनीहरुको बिगबिगी बढीरहेका बेला लगानीकर्ताका पक्षमा अर्थ सरोकारले  ‘लगानीकर्ताका पक्षमा कानुनी लडाई’ अभियान सुरु गरेको छ । अव कसैले म ब्रोकरबाट ठगिएं वा कुनै कम्पनीले झुटो विवरण सार्वजनिक गर्दा आफु ठगीमा परेको विवरण अर्थ सरोकारमा उपलब्ध गरायो भने अर्थ सरोकारले लगानीकर्ताका पक्षमा धितोपत्र बोर्ड, नेप्से, सम्बन्धित कम्पनी र आवश्यक परेमा अदालतमासमेत सो मुद्धा लगी लगानीकर्तालाई न्याय दिलाउने प्रयास गर्नेछ । पछिल्लो समय थुप्रै लगानीकर्ताहरु ठगिमा परेको गुनासो आउन थालेपछि अर्थ सरोकारले यस्तो अभियान सुरु गरेको हो ।

यो अभियानका लागि लागि अर्थ सरोकारले कानुन व्यवसायीहरुसँग स्वेक्षिक भोल्युनटरी सहयोगको लागि पनि आग्रह गरेको छ । केहि कानुन व्यवसायीहरुले यसमा साथ दिने प्रतिबद्धतासमेत गरेका छन् । ‘अव कोहि लगानीकर्ता म ब्रोकरबाट ठगिएं वा कुनै कम्पनीले प्रकाशन गरेको गलत विवरणका कारण घाटामा परे भने क्षतिपूर्तिको मागसहित अर्थ सरोकारले लगानीकर्ताका पक्षमा कानुनी लडाई लड्न सहयोग गर्नेछ । यसका लागि आफ्नो समस्यासहित सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सकिनेछ ।’ अर्थ सरोकारका सम्पादक / संचालक सुरज प्याकुरेलले भने, ‘सकेसम्म कानुन व्यवसायीहरुअलई पनि हाम्रो अभियानमा जोडिन आग्रह गरेका छौं ।  केसको स्थिति हेरेर कुनै एक्स्पर्ट वकिल हायर गर्नुपर्यो भने हामी गर्नेछौं ।  मुद्धा लड्दा लाग्ने खर्च कुनै भए र सो खर्च हामीले व्यहोर्नुपर्ने भए पनि हामी सामाजिक उत्तरदायित्व शीर्षकमा सो रकम खर्च गर्नेछौं ।’

यो अभियानमा कुन कुन मुद्धा लडिए र क-कसले न्याय पाए भन्ने विवरणसमेत सार्वजनिक हुनेछ ।  अर्थ सरोकारको यो अभियानमा केहि लगानीकर्ताले सहयोग गर्ने प्रतिबद्धतासमेत गरेका छन् । यस अघि नेपाली सेयर बजारका बादशाहका रुपमा चिनिएका निर्मल प्रधानले पनि अर्थ सरोकारको यो अभियानमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: