×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘वर्तमान सरकार प्रेस स्वतन्त्रता र नागरिक अधिकारका लागि प्रतिवद्ध छ’ : अर्थमन्त्री शर्मा (भिडियो रिपोर्ट)

PRIME CA
GLOBAL IME BANK

‘वर्तमान सरकार प्रेस स्वतन्त्रता र नागरिक अधिकारका लागि प्रतिवद्ध छ’ : अर्थमन्त्री शर्मा (भिडियो रिपोर्ट)

१९ श्रावण २०७८, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले वर्तमान सरकार प्रेस स्वतन्त्रता र नागरिक अधिकारका लागि प्रतिवद्ध भएको बताउनुभएको छ । सोमबार नेपाल पत्रकार महासंघले आफ्नो केन्द्रीय कार्यालयमा अर्थमन्त्री शर्मालाई स्वागत गरेको थियो । सो कार्याक्रममा बोल्दै उहाँले वर्तमान गठबन्धन सरकार प्रेस स्वतन्त्रताको पक्षमा दृढतापूर्वक उभिने बताउनुभएको हो । सरकार सञ्चार क्षेत्रको पक्षमा रहेको उहाँले स्पष्ट पार्नुभयो ।
नागरिक अधिकारका लागि पनि सरकार प्रतिवद्ध रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘कुनै दलीय प्रतिस्पर्धा वा दलीय स्वार्थमा नभएर राष्ट्रिय स्वार्थमा एकतावद्ध हुनुको विकल्प छैन । सहकार्यको विकल्प छैन । र संविधानले निर्दिष्ट गरे अनुसारको समाजवादउन्मुख अर्थतन्त्र भनेको छ, त्यसमा केन्द्रीत भएर अगाडी बढ्नुपर्छ भन्ने कुरा हामी सबैलाई महशुस भएको कुरा हो । त्यो आधारमा आज बनेको गठबन्धन र गठबन्धन सरकार सञ्चार क्षेत्रको, प्रेस स्वतन्त्रताको पक्षमा दृढतापूर्वक उभिन्छ । उभिनेछ । सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिवद्ध भएको कुरा म स्पष्ट गर्न चाहान्छु । नागरिक अधिकारको लागि पनि यो प्रतिवद्ध छ ।’
अर्थमन्त्री शर्माले विगतको सरकारले कतिपय कुराहरु कार्यान्वयन हुनै नसक्ने गरी घोषणा गरेको भन्दै आफुले अध्ययन गरिरहेको बताउनुभयो । सकारात्मक कुराहरुलाई स्थापित गर्दै कार्यान्वयनमा लैजाने र भत्केका कुराहरुलाई सुधार गर्दै लैजाने उहाँले स्पष्ट पार्नुभयो । कोभिड–१९ महामारीले सञ्चार क्षेत्रमा पारेको प्रभावको सम्बन्धमा आफु जानकार रहेको भन्दै अर्थमन्त्री शर्माले यस क्षेत्रको आर्थिक संकट समाधानका लागि सरकारले के गर्नुपर्छ सल्लाह, सुझाव दिन आग्रह गर्नुभयो । सरोकारवालाहरुसँग छलफल गर्दै र सल्लाह, सुझाव लिदैँ सरकारले ल्याउन लागेको राहत प्याकेजमा समेटिने उहाँले बताउनुभयो । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: