×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘आर्थिक अवस्थाको जानकारी दिँदा सडक कति खनियो ? कति पुल बनाइयो ? भन्ने कुरा उल्लेख गरिँदैन’ : अर्थमन्त्री (भिडियो)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

‘आर्थिक अवस्थाको जानकारी दिँदा सडक कति खनियो ? कति पुल बनाइयो ? भन्ने कुरा उल्लेख गरिँदैन’ : अर्थमन्त्री (भिडियो)

Artha Sarokar

२८ श्रावण २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले देशको वर्तमान आर्थिक अवस्थाको श्वेतपत्रमा कुनै आग्रह र प्रर्वाग्रह नरहेको स्पष्ट पार्नुभएको छ । बिहीवार राष्ट्रिय सभामा देशको वर्तमान आर्थिक अवस्थाको जानकारीपछि सांसदका प्रश्नको उत्तर दिँदै उहाँले देशको वर्तमान आर्थिक अवस्थाको श्वेतपत्रमा कुनै आग्रह र पूर्वाग्रह र डेटामा फरक रहेको भए आफू कठघरामा उभिन तयार रहेको बताउनुभएको हो । उहाँले देशको वर्तमान आर्थिक अवस्थाको श्वेतपत्रमा भएका र गरेका कामसहितको विकासको उल्लेख गरिएको बताउनुभयो । उहाँले यसमा कुनै आग्रहको गन्ध नभेटिने पनि प्रष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, “मैले देशको आर्थिक अवस्थाको जानकारी भनेको छु, त्यसमा कुनै आग्रह, पूर्वाग्रह छैन, यहाँ सडक कति लामो खनियो, कति वटा पुल बनाइयो भन्ने कुरा उल्लेख गरिँदैन, यसमा आर्थिक विकास र प्रगतिको के अवस्था छ, पूँजि निर्माण कसरी भइरहेको छ, ऋणको अवस्था के छ, सञ्चितिको अवस्था के छ, भन्ने विषय प्रश्तुत गर्नुपर्ने भएकोले डेटामा जे छ त्यही प्रश्तुत गरेका छु, प्रगति के भयो भनेर देशको ऐना प्रश्तुत गरेको हुँ, कतै डेटामा फर परेको रहेछ भने कतै पूर्वाग्रही रहेछ भने त्यसको जिम्मा लिन्छु, कुनै आग्रह, प्रर्वाग्रह छैन, भएका गरेका काम छन्, त्यसैले यसमा कुनै आग्रहको गन्ध भेट्नुहुने छैन, भेट्नुभयो भने म फेरि कठघरामा उभिन तयार छु ।”

उहाँले जिम्मेवार भएर लोकतन्त्रलाई स्वीकार गर्ने भएकोले संसदमा बजेट प्रश्तुत गरिएको बताउनुभयो । यसको निर्णय संसदले गर्ने उहाँले बताउनुभयो । बजेटको बारेमा संसोधन, परिमार्जन र प्रतिस्थापन जस्ता कुरा संसदले गर्ने बताउनुभयो । आग्रह र प्रर्वाग्रहमा निकट र टाढाको नातामा वा गुट र अर्कोको नातामा यो सरकारले बजेट विनियोजन नगर्ने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “बजेट अध्यादेश मार्फत् नल्याउनु पथ्र्यो ल्याइयो तरपनि सरकारको निरन्तर्ताको कारणले, जिम्मेवार भएर लोकतन्त्रलाई स्वीकार गर्ने भएको कारणले संसदमा प्रश्तुत गरिएको छ, यसको निर्णय संसदले गर्नेछ, यहाँहरुले गर्नुहुनेछ, त्यसलाई संसोधन, परिमार्जन, प्रतिस्थापनका कुराह संसदमा आएर निर्णय हुनेछन्, त्यसकारणले पूर्वाग्रही ढंगले निकट र टाढाको नातामा वा गुट र अर्कोको नातामा बजेट विनियोजन गर्ने कुरा यो सरकारले गर्दैन, यो सरकारको मन्त्रीले गर्नेछैन ।”

उहाँले राष्ट्रिय गौरवका योजनाहरु निरन्तर रुपमा अघि बढीरहने बताउँदै उहाँले प्रदेश, पालिकाका अधिकार मिच्ने गरी गरिएका निर्णयमा सुधार गरिने धाराणा व्यक्त गर्नुभयो । उहाँले मानव सूचाङ्क विकसित नभएका कर्णाली, प्रदेश नम्बर २ र सुदूरपश्चिम प्रदेशमा विशेष महत्व दिइने बताउनुभयो । हेर्नुहोस् भिडियो :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी