काठमाडौं । अरुण काबेली पावरको वार्षिक साधारणसभा भदौ २६ गते हुने भएको छ । कम्पनीको सभा केन्द्रीय कार्यालय ट्रेड टावर थापाथलीमा बिहान ११ बजेदेखि सुरु हुने भएको हो । सभामा कम्पनीले १७.८९% लाभांश पारित गर्ने विशेष प्रस्ताव लैजाने भएको छ ।
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई १७% बोनस सेयर र कर प्रयोजनको लागि ०.८९% लाभांश प्रस्ताव गरेको छ । बोनस सेयर वितरणपछि कायम चुक्ता पूँजीबाट १ः१ अनुपातमा हकप्रद सेयर निष्कासनको लागि स्वीकृत दिने प्रस्ताव सभामा लगिने भएको छ ।
कम्पनीले सभा र लाभांशको लागि भदौ १५ गतेदेखि भदौ २५ गतेसम्म बुक क्लोज गर्ने भएको छ । जस अनुसार भदौ १४ गतेसम्म कायम सेयरधनीले लाभांश पाउनेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्