काठमाडौं । अझै पनि देशका तीन स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुग्न सकेका छैनन् । कुल ७५३ ओटा स्थानीय तहमध्ये ७५० ओटा स्थानीय तहमा वाणिज्य बैंकका शाखाको पहुँच नपुगेको हो । धादिङको रुवीभ्याली, जाजरकोटको जुनीचाँदे र बझाङको साइपालमा वाणिज्य बैंकका शाखा नखुलेका हुन् । ती स्थानीय तहमा पनि वाणिज्य बैंकको शाखा कार्यालय स्थापना लागि आवश्यक पहल भइरहेको छ ।
केन्द्रीय बैंकले शुक्रवार सार्वजनिक गरेको ‘नेपालमा वित्तीय पहुँचसम्बन्धी अध्ययन प्रतिवेदन’ अनुसार २०७८ चैत मसान्तसम्म इजाजत प्राप्त क, ख र ग वर्गका बैंकिङ संस्थाका शाखा सङ्ख्या ५ हजार ९७८ पुगेको छ । प्रतिवेदनअनुसार निक्षेप खाता सङ्ख्या ३ करोड ६३ लाख ६६ हजार र कर्जा खाता सङ्ख्या १६ लाख ८२ हजार ८४५ रहेको छ । विवरणअनुसार नेपालका बैंक तथा वित्तीय संस्थाबाट १६ लाख ८२ हजार बढीले ऋण लिएको देखिन्छ ।
नेपाल राष्ट्र बैंकले २०७७ जेठ मसान्तसम्म कायम भएका निक्षेप खाताको विवरणको आधारमा उक्त अध्ययन गरिएको बताएको छ । वित्तीय साक्षरताको प्रवर्द्धन, शाखा विस्तार, शाखारहित बैंकिङ भुक्तानी प्रणालीको आधुनिकीकरणलगायतका कारणले बैंक तथा वित्तीय संस्थाका प्रतिशाखाले सेवा दिने नागरिकको सङ्ख्या क्रमशः घट्दो क्रममा रहेको पाइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्