×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सहरी विकास मन्त्रालयका सचिव भन्छन् – ‘बजेटमा समावेश गरिएका सबै कार्यक्रममा बजेट विनियोजन भएन्’ (भिडियो)

PRIME CA
GLOBAL IME BANK

सहरी विकास मन्त्रालयका सचिव भन्छन् – ‘बजेटमा समावेश गरिएका सबै कार्यक्रममा बजेट विनियोजन भएन्’ (भिडियो)

२४ श्रावण २०७८, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । सहरी विकास मन्त्रालयका सचिव रमेश सिंहले बजेट वक्तव्यमा समावेश गरिएका सबै कार्यक्रममा बजेट विनियोजन नभएको बताउनु भएको छ । प्रतिनिधिसभा अन्तरगतको विकास तथा प्रविधि समितिको आईतबारको बैठकमा बोल्दै उहाँले बजेट बक्तव्यमा समावेश गरिएका सबै कार्यक्रमका लागि बजेटको व्यवस्था नभएको प्रष्टयाउनु भएको हो ।
बजेटमा देशभर १२ स्थानमा स्मार्ट सहर बनाउने भनिएको छ तर बजेट १० लाखको दरले मात्र विनियोजन गरिएको उहाँको भनाई छ । ‘१२ अर्ब बजट विनियोजन हुनपर्नेमा जम्मा १ करोड मात्रै विनियोजन भएको छ ।’ सचिव सिंहले दुःखेसो पोख्नु भयो । यस्तै हनुमानढोकादेखि स्वयम्भूनाथसम्मको सांस्कृतिक पदमार्ग निर्माण गर्ने भनेर बजेट वक्तव्यमा भनिएको छ तर रकम विनियोजन भएको वार्षिक कार्यक्रममा त्यस्तो कुनै कार्यक्रम नै समावेश नभएको सचिव सिंहले जानकारी दिनु भयो ।
उहाँले उपत्यकाको यस्ता धेरै आयोजनाको घोषणा गरिएपनि स्रोत सुनिश्चित नहुँदा अगाडि बढाउन नसकिएको स्पष्ट पार्नु भयो । सरकारले ल्याएको बजेट वक्तव्य हेर्दा कार्यक्रम थपिएको, बजेट बढेको जस्तो देखिएपनि कार्यक्रममा रकम नै विनियोजन नभएको सहरी विकास मन्त्रालयको स्पष्टिकरण छ । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: