×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नागरिक लगानी कोषको नाफा १६.३१ प्रतिशतले बढ्यो, जगेडा कोष पनि बढेर १६ अर्ब ८ करोड रुपैयाँ पुग्यो (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

नागरिक लगानी कोषको नाफा १६.३१ प्रतिशतले बढ्यो, जगेडा कोष पनि बढेर १६ अर्ब ८ करोड रुपैयाँ पुग्यो (विवरणसहित)

Artha Sarokar

१ भाद्र २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नागरिक लगानी कोषले ७१ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कोषले गत आर्थिक वर्षको चौथो त्रैमास नाफा १६.१३% ले बढाएर ७१ करोड ९६ लाख रुपैयाँ कमाएको हो । अघिल्लो वर्षको सोहि अवधिमा कोषले ६१ करोड ९६ लाख रुपैयाँ नाफा कमाएको थियो ।
कोषको ब्याज आम्दानी पनि १३ करोड १७ लाख रुपैयाँबाट बढेर २१ करोड ५५ लाख रुपैयाँ पुगेको छ । यस्तै अघिल्लो वर्ष ९४ करोड ७५ लाख रुपैयाँ रहेको सेवा शुल्क तथा कमिसन आम्दानी गत वर्ष बढेर १ अर्ब ३ करोड रुपैयाँ पुगेको छ ।
जगेडा कोष पनि १२ अर्ब ८५ करोड रुपैयाँबाट बढेर १६ अर्ब ८ करोड रुपैयाँ पुगेको कोषले जनाएको छ । असार मसान्तसम्म कोषले मुद्दति निक्षेपमा १ खर्ब ३ अर्ब रुपैयाँ राखेको छ भने संगठित संस्थाको सेयरमा १८ अर्ब २८ करोड रुपैयाँ लगानी गरेको छ । नेपाल सरकारको ऋणपत्रमा १ अर्ब ५ करोड रुपैयाँ लगानी रहेको छ ।
हाल नागरिक लगानी कोषको प्रतिसेयर आम्दानी २२ रुपैयाँ ०१ पैसा र प्रतिसेयर नेटवर्थ १४६ रुपैयाँ ११ पैसा रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी