×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिभिल लघुवित्त वित्तीय संस्थाले गर्यो कमालको प्रगति, खुद नाफा ४७५.५५% ले बढ्दा अन्य सूचकहरुको अवस्था कस्तो ?

GLOBAL IME BANK

सिभिल लघुवित्त वित्तीय संस्थाले गर्यो कमालको प्रगति, खुद नाफा ४७५.५५% ले बढ्दा अन्य सूचकहरुको अवस्था कस्तो ?

१८ श्रावण २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमासमा सिभिल लघुवित्त वित्तीय संस्थाले ४७५.५५% ले खुद नाफा बढाउन सफल भएको छ । अघिल्लो वर्षको यसैअवधिमा १ करोड १३ लाख ९५ हजार रुपैयाँ मात्रै नाफा कमाएको यो कम्पनीले अहिले ६ करोड ५४ लाख ७१ हजार रुपैयाँ कमाउन सफल भएको हो ।
यस्तै कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा पनि लोभलाग्दो प्रगति भएको छ । कम्पनीका अनुसार खुद ब्याज आम्दानी ८०.५९% र सञ्चालन नाफा ४५८.०८% ले बढेको हो  । १ वर्षको अवधिमा जगेडा कोष ४५८.६४% ले बढेर १३ करोड ३६ लाख ५६ हजार रुपेयाँ पुगेको सार्वजनिक वित्तीय विवरणमा उल्लेख छ  । कम्पनीको प्रतिसेयर आम्दानी २७ रुपैयाँ ०४ पैसा र प्रतिसेयर नेटवर्थ १४९ रुपैयाँ ८५ पैसा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: