×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दोर्दी खोला जलविद्युतको वार्षिक साधारणसभा असोज ६ गते, २९ करोड ५१ लाख ९२ हजार ९०० रुपैयाँको आइपीओ ल्याउने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

दोर्दी खोला जलविद्युतको वार्षिक साधारणसभा असोज ६ गते, २९ करोड ५१ लाख ९२ हजार ९०० रुपैयाँको आइपीओ ल्याउने

Artha Sarokar

१५ भाद्र २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनीले असोज ६ गते वार्षिक साधारणसभा बोलाएको छ । सभा कम्पनीको कार्यालय त्रिपुरेश्वरमा जुममार्फत बिहान ११ बजे सुरु हुने भएको हो । सभामा प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने एजेन्डा पनि राखिनेछ ।
नियामक निकायहरुको निर्देशन अनुसार प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्नु परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि सभामा लगिनेछ । यस्तै आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि छलफल हुनेछ भने आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।
यस कम्पनीले २९ करोड ५१ लाख ९२ हजार ९०० रुपैयाँ बराबरको आइपीओ ल्याउनको लागि धितोपत्र बोर्डमा आवेदनसमेत दिएको छ । यस कम्पनीले १०० रुपैयाँ दरमा सो आइपीओ बिक्री गर्न अनुमति मागेको हो । बोर्डले अनुमति दिएपछि आइपीओ निष्कासन प्रक्रिया अघि बढ्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी