काठमाडौं । नेपाल धितोपत्र बोर्डले एक्सेल डेभलपमेन्ट बैंकलाई ३०% हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको छ । बोर्डले बैंकलाई १०ः३ अनुपातमा २४ लाख ३३ हजार ३६३.६७ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको हो । हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धमा एनआइबीएल एस क्यापिटल रहेको छ ।
एक्सेलले चुक्ता पूँजी वृद्धि गर्ने उद्देश्यले ३०% हकप्रद ल्याउन लागेको हो । हाल यस बैंकको चुक्ता पूँजी ८१ करोड ११ लाख रुपैयाँ रहेको छ । बैंकले सोहि पूँजीबाट हकप्रद निष्कासन गर्न लागेको हो । हकप्रद निष्कासनपछि बैंकको चुक्ता पूँजी १ अर्ब ५ करोड रुपैयाँ पुग्नेछ ।