×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त संस्थाको १ लाख कित्ता लिलामी सेयर भर्ने म्याद थप, अब २४ गतेसम्म भर्न पाईने (विवरणसहित)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त संस्थाको १ लाख कित्ता लिलामी सेयर भर्ने म्याद थप, अब २४ गतेसम्म भर्न पाईने (विवरणसहित)

१७ श्रावण २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्सको लिलामी सेयरमा आवेदन भर्ने समय ७ दिन थप भप छ । लगानीकर्ताले अब यसमा साउन २४ गतेसम्म आवेदन दिन सक्नेछन् । यसअघि सो सेयर आज (साउन १७ गते) सम्म भर्ने व्यवस्था थियो ।
कम्पनीले संस्थापक समूहको १ लाख कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको थियो । कम्पनीले प्रतिकित्ता न्यूनतम मूल्य ३४५ रुपैयाँमा यो सेयर बिक्री खुला गरेको हो । लगानीकर्ताले यसलाई न्यूनतम आधार मूल्य मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।
यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले बिक्री प्रबन्धक बीओके क्यापीटल मार्केट नारायणचौर काठमाडौं पुग्नेगरी आवेदन दिनु पर्नेछ । लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: