काठमाडौं । गत आर्थिक वर्षको चौंथो त्रैमासमा गणपति लघुवित्त वित्तीय संस्थाको नाफा बढेको छ । कम्पनीले खुद नाफा ७५.९१% ले बढेर ४ करोड २१ लाख ३१ हजार रुपैयाँ कमाएको वित्तीय विवरण सार्वजनिक गरेको हो । वित्तीय विवरण अनुसार यो अवधिसम्म आउँदा कम्पनीको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ४५ पैसाले बढेर ३३ रुपैयाँ ८ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १४४ रुपैयाँ २८ पैसा छ ।
यस्तै कम्पनीको खुद ब्याज आम्दानी ४०.७५% र सञ्चालन नाफा ६०.०८% ले बढेको छ । प्रोभिजनमा ३ करोड १८ लाख छुट्याउँदा १ करोड ७९ लाख रुपैयाँ राइट ब्याक गर्न सफल भएको छ । साथै कम्पनीको रिजर्भ कोष पनि ७३.३६% ले बढेर ५ करोड ६३ लाख ८८ हजार रुपैयाँ जम्मा भएको छ । यो अवधिसम्म आइपुग्दा कम्पनीको चुक्ता पूँजी १२ कोड ७३ लाख ५६ हजार रुपैयाँ छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्