काठमाडौँ । राष्ट्रिय सभा सदस्य गंगा कुमारी बेलबासेले कोरिया जान रोकिएका नेपाली कामदारहरुलाई कोरिया जाने व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभएको छ । शुक्रबारको राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य बेलबासेले वैदेशिक रोजगारीका लागि कोरिया जान लागेका कामदारहरु दुई देशबीचमा भएका समस्याहरुका कारण कोरिया जान नपाएको भन्दै उनीहरुलाई कोरिया जाने व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभएको छ ।
उहाँले भन्नुभयो – ‘कोरिया जानका लागि तयार भएर बसेको ठुलो जनसमुदाय अहिले पनि यत्तिकै बसिराखेको छ । उहाँहरुले जानका लागि सबै प्रक्रियाहरु पुरा गर्नुभयो तर यता बाट पठाउने र उताबाट रिशिभ गर्ने दुईदेशको बिचमा केही समस्याहरु भएको कारणले उहाँहरु अड्किराख्नुभएको छ । उहाँहरुको व्यवस्था गरियोस् भन्ने पनि म माग गर्न चाहान्छु ।’
उहाँले वैदेशिक रोजगारीमा जान लागेकाहरु क्युआर कोडको लागि, भ्याक्सिन र प्रमाणित कार्डको लागि विभिन्न ठाउँमा लाइन बसि राख्नुपर्ने भएकाले लाइन बसिराख्नु नपर्ने खालको व्यवस्था गर्नको लागि पनि सरकार सँग अनुरोध गर्नुभयो । हेर्नुहोस् भिडियो :
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्