काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आज बुधबारदेखि ८० हजार ५०० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको फर्स्ट माइक्रोफाइनान्सको उक्त सेयर आजदेखि लिलामी बिक्री खुला गरेको हो । लगानीकर्ताले यसमा न्यूनतम ३०० रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् भने न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।
बैंकको सो सेयर खरिदका लागि साउन २६ गतेसम्म विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १०० कित्ता अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् । लिलामीको बोलपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल, नक्सालमा बुझाउन सकिनेछ ।