काठमाडौं । साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मुल्य बढेको छ । बिहिबार प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ४ सयले बढेर प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर प्रतितोला १ हजार १ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ७८ हजार १ सय ९० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य भने १ हजार २४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।