Skip to content
LAXMI SUNRISE BANK

सोमबार घट्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको दास्रो दिन सोमबार सुनको मूल्य घटेको छ । आईतबार प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १ सयले घटेर प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै तेजावी सुनको मूल्य पनि १ सय रुपैयाँले घटेर प्रतितोला ९० हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ७७ हजार ६ सय ७५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ७७ हजार २ सय ४५ रुपैयाँ तोकेको छ । यस्तै प्रति १० ग्राम चाँदीको मूल्य भने १ हजार २९ रुपैयाँ कायम गरिएको छ ।

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK