काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमासमा गुडविल फाइनान्सको खुद नाफा बढेको छ । कम्पनीको खुद नाफा ६९.८५% ले बढेर १८ करोड ३१ लाख ९२ हजार रुपैयाँ पुगेको हो । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले १० करोड ७८ लाख ५१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यधपी कम्पनीको खुद ब्याज आम्दानी २.०९% ले घटेर २६ करोड ५५ लाख ४९ हजार रुपैयाँमा सीमित भएको छ । कम्पनीको गैर सञ्चालन नाफामा आकर्षक वृद्धि भएकाले खुद नाफा बढेको हो । गैर सञ्चालन आम्दानी असार मसान्तसम्म १९ करोड ४० लाख २९ हजार रुपैयाँ पुगेको छ ।
यस्तै वितरणयोग्य नाफा ५१.४९% ले बढेर बढेर ७ करोड ३६ लाख ३ हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा पनि ५५.४९% ले घटेको छ भने प्रतिसेयर आम्दानी वार्षिक २१ रुपैयाँ १२ पैसा र प्रतिसेयर नेटवर्थ २३० रुपैयाँ ५२ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्