×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गोर्खाज फाइनान्स कम्पनी लिमिटेडद्वारा भदाै २४ गते २६औँ वार्षिक साधारणसभा आह्वान, यस्ता छन् पेस हुने एजेन्डाहरु

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

गोर्खाज फाइनान्स कम्पनी लिमिटेडद्वारा भदाै २४ गते २६औँ वार्षिक साधारणसभा आह्वान, यस्ता छन् पेस हुने एजेन्डाहरु

Artha Sarokar

१० भाद्र २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । गोर्खाज फाइनान्स कम्पनी लिमिटेडले भदाै २४ गते २६औँ वार्षिक साधारणसभा आह्वान गरेकाे छ । कम्पनीले होटल क्राउन इम्पेरियल, सोल्टीमोडमा बिहान ११ बजेदेखि सभा बोलाएको हो । सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ ।
सभामा कम्पनीकाे आर्थिक वर्ष २०७७ असार मसान्तसम्मकाे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेही अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ भने आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि ताेकिनेछ ।
यस्तै सभाले संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट ३ जना गरी ६ जना सञ्चालकहरुको निर्वाचन गर्नेछ । सभा प्रयोजनार्थ कम्पनीले वैशाख ६ गतेदेखि २१ गतेसम्म बुक क्लोज गरेको थियो । जसअनुसार वैशाख ५ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी