×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एचआइडीसीएलको ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता हकप्रद सेयरमा आवेदन दिने आइतबारसहित ४ दिन बाँकी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एचआइडीसीएलको ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता हकप्रद सेयरमा आवेदन दिने आइतबारसहित ४ दिन बाँकी

Artha Sarokar

२४ श्रावण २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडीसीएल) ले ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता हकप्रद सेयरमा आवेदन दिने आज आइतबारसहित ४ दिन बाँकी रहेको छ ।
कम्पनीले शतप्रतिशत अर्थात १ सय अंकित मूल्यमा साउन ५ गते मंगलबारदेखि सो सेयर बिक्रीमा ल्याएको हो । यो कम्पनीले हकप्रद सेयर निष्कासनका लागि जेठ २८ गते बुक क्लोज गरेको थियो । तसर्थ, जेठ २७ गतेसम्म कायम सेयरधनीले मात्र कम्पनीको हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् ।
हकप्रद सेयर बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ भने लगानीकर्ताले साउन २५ गतेसम्म ग्लोबल आइएमई क्यापिटल, ग्लोबल आइएमई बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी