×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एचआइडीसीएलको ११ अर्ब रुपैयाँको ११ करोड कित्ता हकप्रद सेयरमा आवेदन दिने म्याद थप, अब कहिलेसम्म पाईन्छ भर्न ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

एचआइडीसीएलको ११ अर्ब रुपैयाँको ११ करोड कित्ता हकप्रद सेयरमा आवेदन दिने म्याद थप, अब कहिलेसम्म पाईन्छ भर्न ?

Artha Sarokar

२५ श्रावण २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडीसीएल) को हकप्रद सेयरमा आवेदन दिने म्याद थप भएको छ । कम्पनीको २७ गतेसम्म म्याद रहेकोमा अब लगानीकर्ताले भदौ ८ गतेसम्म आवेदन दिन पाउने भएका हुन् ।
कम्पनीले शतप्रतिशत अर्थात १ सय अंकित मूल्यमा साउन ५ गते मंगलबारदेखि ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता हकप्रद सेयरमा बिक्रीमा ल्याएको थियो । यो कम्पनीले हकप्रद सेयर निष्कासनका लागि जेठ २८ गते बुक क्लोज गरेको थियो । तसर्थ, जेठ २७ गतेसम्म कायम सेयरधनीले मात्र कम्पनीको हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् ।
हकप्रद सेयर बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ भने लगानीकर्ताले साउन २५ गतेसम्म ग्लोबल आइएमई क्यापिटल, ग्लोबल आइएमई बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी