×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१०.३५ प्रतिशतले घट्यो हिमालयन जनरल इन्स्योरेन्सको खुद नाफा, प्रतिसेयर आम्दानी पनि १४ रुपैयाँ १४ पैसामा सीमित

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

१०.३५ प्रतिशतले घट्यो हिमालयन जनरल इन्स्योरेन्सको खुद नाफा, प्रतिसेयर आम्दानी पनि १४ रुपैयाँ १४ पैसामा सीमित

Artha Sarokar

७ भाद्र २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सको खुद नाफा घटेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा कम्पनीको खुद नाफा १०.३५% ले घटेर १५ करोड ५५ लाख ६६ हजार रुपैयाँमा सीमित भएको हो। अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले १७ करोड ३५ लाख ३७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यसअवधिमा बिमा कोषको आकार पनि १३.८४% ले बढेर ६३ करोड ९७ लाख १८ हजार रुपैयाँ पुगेको छ । कम्पनीका अनुसार खुद बिमा शुल्क भने ३.९६% ले घटेर २५ करोड ९ लाख २० हजार रुपैयाँ पुगेको छ ।
यस्तै असार मसान्तसम्म प्रतिसेयर आम्दानी २ रुपैयाँ ०६ पैसाले घटेर १४ रुपैयाँ १४ पैसामा सीमित भएको छ भने प्रतिसेयर नेटवर्थ १८५ रुपैयाँ २२ पैसा छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी