काठमाडौं । हिमालय ऊर्जा विकास कम्पनीको नाफा घटेको छ । कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै ९१.७०% अर्थात ३ लाख ७९ हजार ५९५ रुपैयाँ नोक्सानमा रहेको जनाएको हो ।अघिल्लो वर्षको यस अवधिमा कम्पनीले ४५ लाख ७८ हजार रुपैयाँ नाफा कमाएको थियो ।
यस्तै यस अवधिमा कम्पनीको अन्य स्रोतबाट हुने आम्दानी पनि घटेको छ । गत वर्ष अन्य स्रोतबाट ७१ लाख ७४ हजार रुपैयाँ आम्दानी गरेको कम्पनीको अहिले घटेर १३ लाख ८५ हजार रुपैयाँमा सीमित भएको छ । कम्पनीको जगेडा कोष पनि ७१ लाख ७६ हजार रुपैयाँ ऋणात्मक छ ।
यसको प्रतिसेयर आम्दानी ४ पैसा र प्रतिसेयर नेटवर्थ ९९ रुपैयाँ २८ पैसा छ । अघिल्लो वर्ष कम्पनीको प्रतिसेयर आम्दानी ४६ पैसा र प्रतिसेयर नेटवर्थ ९९ रुपैयाँ १७ पैसा रहेको थियो ।