Skip to content
LAXMI SUNRISE BANK

भारत सरकारद्वारा नेपाललाई आठ करोडको राहत सामग्री सहयोग, बाढी-पहिरो प्रभावितलाई वितरण गरिने (भिडियो)

अर्थ सरोकार

काठमाडौँ । बाढी तथा पहिरोबाट प्रभावित परिवारहरुका लागि भारत सरकारले नेपाललाई राहत सामाग्री प्रदान गरेको छ । शुक्रबार काठमाडौको लैनचौरस्थीत दुतावासमा आयोजित एक कार्यक्रमकाबीच दुतावासकी मिशन उप–प्रमुख श्रीमती नामग्या खम्पाले भारत सरकारको तर्फबाट आठ करोड रुपैयाँ बराबरको राहत सामाग्री नेपाल–भारत महिला मैत्री समाजकी अध्यक्ष तथा सांसद चन्दा चौधरी र प्राज्ञिक विद्यार्थी परिषद्का अध्यक्ष नारायण ढकाललाई हस्तान्तरण गर्नुभएको हो ।
नेपालका १५ जिल्लाहरुमा बाढी तथा पहिरोबाट प्रभावित परिवारहरुका लागि वितरण गर्न लागिएको सो राहत सामग्रीमा टेन्ट, प्लास्टिक सिट, स्लीपिङ्ग म्याट र औषधिहरु रहेका छन् । बाढी र पहिरोका कारण जनजीवनमा पुगेको क्षतिलाई दृष्टिगत गर्दै स्थानीय सरकारसँगको समन्वयमा नेपाल–भारत महिला मैत्री समाज र प्राज्ञिक विद्यार्थी परिषदमार्फत सो राहत सामाग्री बितरण गरिने बताइएको छ ।
पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, महोत्तरी, सिराहा, सप्तरी, रुपन्देही, गोरखा, मनाङ, सिन्धुपाल्चोक, रसुवा, दोलखा र धादिङ जिल्लामा वितरण गरिने सांसद चौधरीले जानकारी दिनुभयो । नेपाललाई विपद् व्यवस्थापनका लागि मानवीय सहायता तथा राहत सहयोग नियमित रुपमा उपलब्ध गराउने दुतावासले जनाएको छ । हेर्नुहोस् भिडियो ;
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK