×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साहस ऊर्जा लिमिटेडले आयोजना प्रभावितका लागि ३५ लाख कित्ता आइपिओ बिक्री गर्ने, कहिलेदेखि भर्न पाईन्छ आवेदन ?

PRIME CA
GLOBAL IME BANK

साहस ऊर्जा लिमिटेडले आयोजना प्रभावितका लागि ३५ लाख कित्ता आइपिओ बिक्री गर्ने, कहिलेदेखि भर्न पाईन्छ आवेदन ?

२४ श्रावण २०७८, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

सोलुखुम्बु । साहस ऊर्जा लिमिटेडले आइपिओ बिक्री गर्ने भएको छ । कम्पनीले सोलुखुम्बु जिल्लाको थुलुङ दूधकोशी-३ पञ्चनमा निर्माणाधीन ८६ मेगावाट क्षमताको सोलुखोला (दूधकोशी) जलविद्युत आयोजनाको आइपिओ बिक्री गर्ने भएको हो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट १ करोड ५ लाख कित्ता आइपिओ निष्कासन गर्न अनुमति पाएको थियो । तर साहस ऊर्जाले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका नागरिकका लागि ३५ लाख कित्ता मात्र आइपिओ निष्कासन गर्ने भएको हो । सोलुखुम्बु जिल्लाका नागरिकले उक्त सेयरमा साउन २९ देखि भदौ ११ गतेसम्म आवेदन दिन सक्ने भएका छन् ।

यस्तै उक्त समयमा खुला गरिएको सेयर बिक्री नभएको खण्डमा भने भदौ २७ गतेसम्म आवेदन दिन सकिनेछ । प्रतिकित्ता १०० अंकित रहेको उक्त सेयरमा ग्लोबल आइएमई बैंक सल्लेरी, नेपाल इन्भेष्टमेन्ट बैंक लुक्ला, लक्ष्मी बैंक मुक्ली र नेले शाखा, माछापुच्छ्रे बैंक सल्लेरी र प्राइम कमर्शियल बैंक रमिते शाखाबाट आवेदन दिन सकिनेछ ।  साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिने कम्पनीले जनाएको छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १० लाख ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: