×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कर्णाली डेभलपमेन्ट बैंकले नाफामा मार्यो चमत्कारिक छलाङ, अधिकाशं सूचकहरुमा पनि आकर्षक वृद्धि (विवरणसहित)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

कर्णाली डेभलपमेन्ट बैंकले नाफामा मार्यो चमत्कारिक छलाङ, अधिकाशं सूचकहरुमा पनि आकर्षक वृद्धि (विवरणसहित)

Artha Sarokar

७ भाद्र २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकको नाफामा आकर्षक वृद्धि भएको छ । बैंकले असार मसान्तसम्म खुद नाफा बढाएर ५ करोड ८ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ ।  अघिल्लो वर्षको सोहि अवधिमा बैंकले ९ लाख ९ हजार रुपैयाँ नाफा कमाएको थियो ।
सार्वजनिक वित्तीय विवरण अनुसार असार मसान्तसम्म बैंकको प्रतिसेयर आम्दानी १० रुपैयाँ १२ पैसा र प्रतिसेयर नेटवर्थ १११ रुपैयाँ ०५ पैसा रहेको छ । यस्तै, बैंकको खुद ब्याज आम्दानी १३९.८८% ले बढेर १६ करोड ३३ लाख रुपैयाँ पुगेको छ । असार मसान्तसम्म बैंकको सञ्चालन नाफा पनि ५४ सय ९२.९७ ले बढेर ५ करोड ८ लाख रुपैयाँ पुगेको छ ।
हालसम्म बैंकले ४ अर्ब ६४ करोड रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब १३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ भने बैंकको रिजर्भ कोषमा २ करोड ३४ लाख रुपैयाँ छ । बैंकले खराब कर्जा भने ०.८६% बाट बढेर १.८६% कायम भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी