काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमासमा किसान लघुवित्त वित्तीय संस्थाले खुद नाफामा आकर्षक प्रगति गरेको छ । कम्पनीले खुद नाफा १४ करोड १४ लाख ५३ हजार रुपैयाँले बढाएर १४ करोड ९० लाख ६६ हजार रुपैयाँ नाफा कमाउन सफल भएको हो । अघिल्लो वर्ष यसले ७६ लाख १३ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो ।
यस्तै कम्पनीको खुद ब्याज आम्दानी पनि ३१३.४२% ले बढेर ४० करोड १० लाख ५३ हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा ९२९.३६% ले बढेर १७ करोड ८२ हजार रुपैयाँ पुगेको छ । असार मसान्तसम्म आइपुग्दा ६ करोड ४१ लाख ६४ हजार रुपैयाँ राइट ब्याक गरेकोपछि खुद नाफा बढेको हो । कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक ३७ रुपैयाँ ९५ पैसा र प्रतिसेयर नेटवर्थ १६१ रुपैयाँ ६२ पैसा छ ।