×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कृषि विकास बैंकको खुद नाफा बढ्यो, प्रतिसेयर आम्दानी ३० रुपैयाँ ६५ पैसा हुँदा वितरणयोग्य नाफामा ४.१७% को बढोत्तरी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

कृषि विकास बैंकको खुद नाफा बढ्यो, प्रतिसेयर आम्दानी ३० रुपैयाँ ६५ पैसा हुँदा वितरणयोग्य नाफामा ४.१७% को बढोत्तरी

Artha Sarokar

२७ श्रावण २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमासमा कृषि विकास बैंकले ३ अर्ब ६९ करोड ४४ लाख ७० हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको यो नाफा अघिल्लो वर्षको सोहि अवधिको तुलनामा १०.८८% ले बढी हो । अघिल्लो वर्ष सोहि अवधिमा बैंकले ३ अर्ब ३३ करोड १७ लाख ३७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस्तै सार्वजनिक वित्तीय विवरण अनुसार बैंकको खुद ब्याज आम्दानी ६.७२% ले घटेको छ । सञ्चालन नाफा र अन्य स्रोतबाट हुने आम्दानी भने बढेको छ । सञ्चालन नाफा २१.०२% ले बढेर ५ अर्ब २२ करोड ६७ लाख ३ हजार रुपैयाँ पुगेको बैंकले जनाएको छ । बैंकको असार मसान्तसम्म खराब कर्जा १% ले घटेर १.८४% पुगेको छ ।
यता प्रतिसेयर आम्दानी ३० रुपैयाँ ६५ पैसा र प्रतिसेयर नेटवर्थ २३५ रुपैयाँ ५८ पैसा छ भने वितरणयोग्य नाफा ४.१७% ले बढेर १ अर्ब ७३ करोड ५० लाख १ हजार रुपैयाँ पुगेको बैंकले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी