काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ५ कम्पनीको सेयर सूचिकृत भएको छ । नाडेप लघुवित्त वित्तीय संस्था, प्रुडेन्सियल इन्स्योरेन्स, मिथिला लघुवित्त वित्तीय संस्था, फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र रिलायन्स फाइनान्स कम्पनीको बोनस सेयर सूचिकृत भएको हो ।
नाडेप लघुवित्तको ३ लाख ६८ हजार, प्रुडेन्सियल इन्स्योरेन्सको ८ लाख २१ हजार १४५ दशमलव ६० कित्ता, मिथिला लघुवित्तको १ लाख ४६ हजार ८९ दशमलव ०१ कित्ता, फरवार्ड लघुवित्तको १२ लाख ५१ हजार ३८ दशमलव ५० कित्ता र रिलायन्स फाइनान्सको ८ लाख ३२ हजार ४१६ दशमलव शून्य ६ कित्ता बोनस सेयर सूचिकृत भएको नेप्सेले जनाएको छ । ५ वटै कम्पनीको बोनस सेयर आइतबारदेखि सेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।