काठमाडौं । लुम्बिनी विकास बैंकका संस्थापक सेयरधनीले सेयर बेच्ने भएका छन् । संस्थापक सेयरधनीले २० हजार संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको २४८ कित्ता सेयर बिक्री गर्ने भएका हुन् ।
बैंकले सार्वजनिक गरेको सूचनामा भने मूल्य भने खुलाइएको छैन । यसमा संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इन्छुक संस्थापकले ३५ दिन भित्र लुम्बिनी विकास बैंकको मुख्य कार्यालय डिल्लीबजार, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।
यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारणलेसमेत किन्न सक्ने गरी बिक्री खुला गरिनेछ ।