काठमाडौं । माछापुच्छ्रे बैंकले पनि गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले खुद नाफा २८.८९% ले बढाएर १ अर्ब ६३ करोड रुपैयाँ कमाएको वित्तीय विवरण सार्वजनिक गरेको हो । अघिल्लो वर्ष यसैअवधिमा बैंकले १ अर्ब २६ करोड रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।
यस्तै बैंकले वितरणयोग्य नाफा पनि २४.६५% ले बढाएर १ अर्ब १३ करोड रुपैयाँ पुर्याएको छ । बैंकको खुद ब्याज आम्दानी १२.०१% र सञ्चालन नाफा २८.८३% ले बढेको छ ।
बैंकले असार मसान्तसम्म २६.४३% निक्षेप संकलन गरी कर्जा लगानी २३% ले बढाउन सफल भएको छ । बैंकको प्रतिसेयर आम्दानी पनि ४ रुपैयाँ ४ पैसाले बढेर १८ रुपैयाँ ०१ पैसा कायम भएको छ भने प्रतिसेयर नेटवर्थ १४२ रुपैयाँ छ ।