Skip to content
LAXMI SUNRISE BANK

मुक्तिनाथ विकास बैंकले कमायो १ अर्ब १५ करोड ९ लाख रुपैयाँ खुद नाफा, प्रतिसेयर आम्दानी पनि बढेर २३ रुपैयाँ ९२ पैसा पुग्यो

अर्थ सरोकार

काठमाडौं । मुक्तिनाथ विकास बैंकले १ अर्ब १५ करोड ९ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले गत आर्थिक वर्षको चौथो वर्षको वित्तीय विवरण सार्वजनिक गर्दै बैंकले खुद नाफा ६२.७०% ले बढाएर १ अर्ब १५ करोड ९ लाख ७९ हजार रुपैयाँ कमाएको जनाएको हो  । बैंकले अघिल्लो वर्षको सोही अवधिमा ७० करोड ७४ लाख ५ हजार रुपैयाँ मात्र खुद नाफा गरेको थियो ।
यस्तै बैंकको खुद ब्याज आम्दानी ९.७०% ले बढेको छ भने सञ्चालन नाफा पनि ६१.५८% ले बढेको छ । मुक्तिनाथको निक्षेप संकलन र कर्जा लगानी पनि विस्तार भएको छ । खराब कर्जा घटाएर ०.२५% मा सीमित गर्न सफल भएको छ ।
असार मसान्तसम्म बैंकको प्रतिसेयर आम्दानी पनि ९ रुपैयाँ २२ पैसाले बढेको छ । बैंकको प्रतिसेयर आम्दानी २३ रुपैयाँ ९२ पैसा र प्रतिसेयर नेटवर्थ १४१.४९ रुपैयाँ रहेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK