Skip to content
LAXMI SUNRISE BANK

स्थानीयवासी विस्थापित नहुने गरी नागढुंगा सुरुङ मार्गको निर्माण कार्य सम्पन्न गर्न सरकारलाई निर्देशन (भिडियो रिपोर्ट)

अर्थ सरोकार

काठमाडौं । संसदीय समितिले स्थानीयबासीलाई बिस्थापित नहुने गरी नागढुंगा सुरुङ मार्ग निर्माण कार्य सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको छ । संघीय संसद, राष्ट्रिय सभा अन्तरगतको दीगो विकास तथा सुशासन समितिको टोलीले आईतबार राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको नागढुंगा सुरुङ मार्ग निर्माण कार्यको स्थलगत अवलोकन गरेपछि स्थानीयबासी विस्थापित नहुने गरी काम सम्पन्न गर्न सरकारलाई सचेत गराएको हो । संसदीय समितिको अनुगमन टोलीलाई आयोजनाका पदाधिकारीहरुले आयोजनाको कार्य प्रगतिबारे जानकारी गराएका थिए । “यो आयोजनालाई अघि बढाउने काम चुनौतिपूर्ण रहेको कुरा अनुगमनका क्रममा देखियो । यहाँ वरपरका बस्तीहरुलाई पनि त्यत्तिकै जोखिम छ । यो पनि हामीले बचाउनुपर्ने हुन्छ । र यसको समाधानका लागि सरकारसँग कुरा गर्छौै ।” आयोजनाको स्थलगत अनुगमनपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै समितिकी सभापति तारादेवी भट्टले भन्नु भयो, “आयोजना अघि बढाउन देखिएका समस्या समाधान गर्न पहल गर्नेछौं ।”

समितिको गत शुक्रबार बसेको बैठकले सो आयोजना समयमै सम्पन्न गर्न सरकारलाई निर्देशन दिँदै आयोजनाको प्रगतिबारे जानकारी लिन स्थलगत अनुगमनमा जाने निर्णय गरेको थियो । समितिको सोही निर्णय अनुसार आफूहरु समय मिलाएर आयोजनाको स्थलगत जानकारी लिन आएको सभापति भट्टले बताउनु भयो । अनुगमन टोलीलाई आयोजनाका प्राविधिकहरुले आयोजनाले भोगिरहेका समस्याबारे जानकारी गराएका थिए । आयोजनाका निर्देशक नरेशमान शाक्यले आयोजना तोकिएकै समयमै सम्पन्न गर्नका लागि जग्गाको मुआब्जा वितरण र कोभिड खोपको आवश्यक व्यवस्था मिलाउने काम बाधक रहेको उल्लेख गर्दै ती समस्या तत्काल समाधानका लागि सरकारसँग पहल गरिदिन संसदीय समितिको अनुगमन टोलीलाई आग्रह गर्नु भएको थियो । उहाँले एक महिना भित्र यी दुवै समस्या समाधान हुन सके आयोजनाको कामले गति लिने पनि स्पष्ट पार्नुभयो ।

यता आयोजनाले सुरुङ मार्ग निर्माणको काम १८ दशमलव ५ प्रतिशत सम्पन्न भएको जनाएको छ । “चार वटा प्वाल बनाएर मुख्य सुरुङमार्ग र आपतकालिन सुरुङ मार्ग निर्माणको कामलाई अघि बढाइएको छ,” आयोजनाकी इन्जिनियर कल्पना अधिकारीले भन्नु भयो, “हालसम्म आयोजनाको भौतिक प्रगति १८ दशमलव ५ प्रतिशत भएको छ ।” आगामी दिनमा प्रत्येक महिना ४ प्रतिशतका दरले आफ्नो काममा प्रगति गर्दैै लैजाने आयोजनाको योजना छ । जापान सरकारको ० दशमलव ०१ प्रतिशत ब्याजदरको आर्थिक ऋण सहायतामा सुरु गरिएको यो आयोजनाको काम सुरु भएको करिव १९ महिना पुगेको छ । साँढे ५ किलोमिटर लम्बाई रहेको यो सुरुङ मार्गको मुख्य काम आगामी जेठ भित्र सम्पन्न गर्ने योजनाका साथ काम भईरहेको आयोजनाका निर्देशक शाक्यले बताउनु भयो । समितिकी सभापति भट्टले पनि यो आयोजना अन्य देशका लागि नमूनायोग्य हुने गरी बन्ने विश्वास व्यक्त गर्नु भएको थियो ।

काठमाडौं । संसदीय समितिले स्थानीयबासीलाई बिस्थापित नहुने गरी नागढुंगा सुरुङ मार्ग निर्माण कार्य सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको छ । संघीय संसद, राष्ट्रिय सभा अन्तरगतको दीगो विकास तथा सुशासन समितिको टोलीले आईतबार राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको नागढुंगा सुरुङ मार्ग निर्माण कार्यको स्थलगत अवलोकन गरेपछि स्थानीयबासी विस्थापित नहुने गरी काम सम्पन्न गर्न सरकारलाई सचेत गराएको हो । संसदीय समितिको अनुगमन टोलीलाई आयोजनाका पदाधिकारीहरुले आयोजनाको कार्य प्रगतिबारे जानकारी गराएका थिए । “यो आयोजनालाई अघि बढाउने काम चुनौतिपूर्ण रहेको कुरा अनुगमनका क्रममा देखियो । यहाँ वरपरका बस्तीहरुलाई पनि त्यत्तिकै जोखिम छ । यो पनि हामीले बचाउनुपर्ने हुन्छ । र यसको समाधानका लागि सरकारसँग कुरा गर्छौै ।” आयोजनाको स्थलगत अनुगमनपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै समितिकी सभापति तारादेवी भट्टले भन्नु भयो, “आयोजना अघि बढाउन देखिएका समस्या समाधान गर्न पहल गर्नेछौं ।”

समितिको गत शुक्रबार बसेको बैठकले सो आयोजना समयमै सम्पन्न गर्न सरकारलाई निर्देशन दिँदै आयोजनाको प्रगतिबारे जानकारी लिन स्थलगत अनुगमनमा जाने निर्णय गरेको थियो । समितिको सोही निर्णय अनुसार आफूहरु समय मिलाएर आयोजनाको स्थलगत जानकारी लिन आएको सभापति भट्टले बताउनु भयो । अनुगमन टोलीलाई आयोजनाका प्राविधिकहरुले आयोजनाले भोगिरहेका समस्याबारे जानकारी गराएका थिए । आयोजनाका निर्देशक नरेशमान शाक्यले आयोजना तोकिएकै समयमै सम्पन्न गर्नका लागि जग्गाको मुआब्जा वितरण र कोभिड खोपको आवश्यक व्यवस्था मिलाउने काम बाधक रहेको उल्लेख गर्दै ती समस्या तत्काल समाधानका लागि सरकारसँग पहल गरिदिन संसदीय समितिको अनुगमन टोलीलाई आग्रह गर्नु भएको थियो । उहाँले एक महिना भित्र यी दुवै समस्या समाधान हुन सके आयोजनाको कामले गति लिने पनि स्पष्ट पार्नुभयो ।

यता आयोजनाले सुरुङ मार्ग निर्माणको काम १८ दशमलव ५ प्रतिशत सम्पन्न भएको जनाएको छ । “चार वटा प्वाल बनाएर मुख्य सुरुङमार्ग र आपतकालिन सुरुङ मार्ग निर्माणको कामलाई अघि बढाइएको छ,” आयोजनाकी इन्जिनियर कल्पना अधिकारीले भन्नु भयो, “हालसम्म आयोजनाको भौतिक प्रगति १८ दशमलव ५ प्रतिशत भएको छ ।” आगामी दिनमा प्रत्येक महिना ४ प्रतिशतका दरले आफ्नो काममा प्रगति गर्दै लैजाने आयोजनाको योजना छ । जापान सरकारको ० दशमलव ०१ प्रतिशत ब्याजदरको आर्थिक ऋण सहायतामा सुरु गरिएको यो आयोजनाको काम सुरु भएको करिव १९ महिना पुगेको छ । साँढे ५ किलोमिटर लम्बाई रहेको यो सुरुङ मार्गको मुख्य काम आगामी जेठ भित्र सम्पन्न गर्ने योजनाका साथ काम भईरहेको आयोजनाका निर्देशक शाक्यले बताउनु भयो । समितिकी सभापति भट्टले पनि यो आयोजना अन्य देशका लागि नमूनायोग्य हुने गरी बन्ने विश्वास व्यक्त गर्नु भएको थियो । हेर्नुहोस् भिडियोः

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK