Skip to content
LAXMI SUNRISE BANK

नेशनल माइक्रोफाइनान्सको ६५ हजार ७६० कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुला, कहिलेसम्म आवेदन दिन पाईन्छ ?

अर्थ सरोकार

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको सेयर लिलामी बिक्री खुला गरेको छ। संस्थाले आज आईतबारदेखी  ६५ हजार ७६० कित्ता संस्थापक सेयर शिलबन्दी बोलपत्र प्रक्रियामार्फत बिक्री खुला  गरेको  हो ।

उक्त सेयर खरिदका लागि इच्छुक व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आज अर्थात साउन १७ गतेदेखि ३१ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन्। लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि बोलपत्र पेश गर्नुपर्नेछ भने अधिकतम सेयरका लागि कुनै हद तोकिएको छैन।

उक्त संस्थाको सेयरको न्यूनतम मूल्य १ हजार २२ रुपैयाँ तोकिएको छ। लगानीकर्ताले बोलपत्र पेश गर्दा सो वा सोभन्दा बढी मूल्य अंकित गरी पेश गर्नुपर्नेछ। संस्थाको सेयर बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK