×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

विद्युत प्राधिकरण ३७औँ वर्षमा प्रवेश, भ्रष्टाचार नगर्न मातहतका निकायलाई ऊर्जामन्त्री भुसालको कडा निर्देशन (भिडियो रिपोर्ट)

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले अनियमितता र भ्रष्टाचार नगर्न मातहतका निकायलाई कडा निर्देशन दिनुभएको छ । मंगलबार नेपाल विद्युत प्राधिकरणको ३६औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री भुसालले आफूले भ्रष्टाचारविरुद्ध शुन्य सहनशिलताको नीतिलाई प्राथमिकतामा राखेको भन्दै अनियमितता र भ्रष्टाचार नगर्न मातहतका कर्मचारीहरुलाई निर्देशन दिनुभएको हो । कसैले भ्रष्टाचार गरेमा कठोर कदम चाल्ने उहाँको चेतावनी छ । मन्त्री भुसालले भन्नुभयो – ‘भ्रष्टाचारविरुद्ध शुन्य सहनशिलता र चेन अफ कमाण्डलाई मैले सधैँ प्राथमिकतामा राख्ने गरेको छु । अनियमितता, भ्रष्टाचार कहिँ कसैले पनि नगर्न म निर्देशन गर्दछु । यदी कोही यस्तो गतिविधिमा संलग्न भएको भेटिएमा कठोर कदम चालिनेछ ।’
मन्त्री भुसालले किसानलाई सिँचाईमा प्रयोग हुने विद्युत सहुलियत दरमा उपलब्ध गराउने पनि आफ्नो प्राथमिकता रहेको उल्लेख गर्नुभयो । उहाँले आगामी दिनमा वर्षायाममा विद्युत खेर जान नदिन र खपत बढाउनका लागि वर्षायाम र सुख्खा यामको फरक–फरक विद्युत महशुल निर्धारण गर्ने निर्णय भइसकेको पनि जानकारी दिनुभयो । उहाँले भन्नुभयो – ‘आगामी दिनमा वर्षायामको विद्युत खेर जानसक्ने अवस्थालाई मध्येनजर गरी आन्तरिक खपत बढाउने कार्ययोजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्दछ । यसलाई मध्यनजर गरी वर्षायाम र सुख्खायामको फरक–फरक विद्युत महशुल निर्धारण गर्ने निर्णय सञ्चालक स मितिले गरिसकेको छ ।’
उहाँले विद्युत प्राधिकरणले ग्राहकहरुलाई गुणस्तरीय सेवा उपलब्ध गराउन धेरै मेहनत गर्नुपर्ने र गुनासोहरुको तत्काल सम्बोधन गर्न संयन्त्र बनाउने तथा वितरण संरचनाको स्तरोन्नति एवम् विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वि.सं. २०८० सालभित्र नेपालका सबै जनसङ्ख्यामा विद्युतको पहुँच पु¥याउने सरकारको लक्ष्य पुरा गर्नेगरी प्राधिकरणले काम अगाडी बढाएको बताउनुभयो । उहाँले महाराजगञ्ज वितरण केन्द्रका केही स्थानमा वितरण प्रणालीलाई भुमिगत गर्ने कार्य सम्पन्न भएको र कुलेश्वर, किर्तिपुर, बानेश्वर, जोरपाटी र बालाजुमा वितरण लाइन भुमिगत गर्ने काम अगाडी बढेको बताउनुभयो । त्यस्तै ललितपुर, भक्तपुर, पोखरा र भरतपुरमा पनि वितरण लाइन भुमिगत गर्ने कामको प्रक्रिया शुरु भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो – ‘सम्वत् २०८० सालभित्र नेपालका सबै जनसंख्यामा विद्युतको पहुँच पु¥याउने नेपाल सरकारको लक्ष्य पूरा गर्न प्राधिकरणले आवश्यक कार्य गरिरहेको छ ।’
कार्यकारी निर्देशक घिसिङले देशभर थ्रिफेज मिटरलाई स्मार्ट बनाउने कार्य अगाडी बढाइएको पनि बताउनुभयो । वितरण प्रणालीलाई स्वचालित बनाउने काम पनिको पनि प्रक्रिया थालनी गरिएको उहाँले उल्लेख गर्नुभयो । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: