×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल बङ्गलादेश बैंकको नाफामा ८४.१७ प्रतिशतको बढोत्तरी, वितरणयोग्य नाफा १ अर्ब ४७ करोड रुपैयाँ (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

नेपाल बङ्गलादेश बैंकको नाफामा ८४.१७ प्रतिशतको बढोत्तरी, वितरणयोग्य नाफा १ अर्ब ४७ करोड रुपैयाँ (विवरणसहित)

Artha Sarokar

२४ श्रावण २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल बङ्गलादेश बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २ अर्ब बढी नाफा आर्जन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ८४.१७ प्रतिशत बढी हो ।

बैंकले आर्थिक वर्ष २०७७/७८ मा अर्थात गत असार मसान्तसम्ममा २ अर्ब २९ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।  बैंकले अघिल्लो आर्थिक वर्ष २०७६/७८ मा एक अर्ब २४ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

त्यस्तै, समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा २२८.४९ प्रतिशतले बढेर १ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ । जुन अघिल्लो आवमा ४४ करोड ९१ लाख रुपैयाँ मात्रै थियो ।

खुद नाफासँगै बैंकको प्रतिसेयर आम्दानी ईपीएस पनि बढेर २५.४६ रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्षको तुलनामा १०।८१ रुपैयाँले बढी हो । त्यस्तै, प्रतिसेयर नेटवर्थ १६.५० रुपैयाँले बढेर १७०.६५ रुपैयाँ पुगेको छ र मूल्य आम्दानी अनुपात १७.१३ गुणा रहेको छ।

त्यस्तै, ८ अर्ब ४९ करोड रुपैयाँ रहेको बैंकको चुक्ता पुँजी बढेर ९ अर्ब माथि पुगेको छ । जगेडा कोषको रकम ४०.४८ प्रतिशतले बढेर ६ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ । त्यसैगरी बैंकको निक्षेप ३१.१५ प्रतिशत र कर्जा १५.८६ प्रतिशतले बढेर क्रमशः ८७ अर्ब १२ करोड रुपैयाँ र ६८ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ । यससँगै समिक्षा अवधिमा बैंकको निष्कृय कर्जा पनि घटेर १.५५ मा सीमित भएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी